प्रस्ताव
| गोर्खे साइँलो पल्लव साहित्य पत्रिकाको सम्पादक हुनुहुन्छ |
पूनः प्रकाशित छन्द कविता
लेखेथेँ कविता त्यही समयमा घुम्दै पुगी पूर्वमा
आयो याद यहाँ खुलेर मनमा शब्दार्थकै सम्झना ।
सम्झी शब्द सबै निशब्द नहुने पाना भरी लेख्दछु
दृष्टी गोचर झैँ बगेर सपना बाढी सरी देख्दछु ।।
आयो याद यहाँ खुलेर मनमा शब्दार्थकै सम्झना ।
सम्झी शब्द सबै निशब्द नहुने पाना भरी लेख्दछु
दृष्टी गोचर झैँ बगेर सपना बाढी सरी देख्दछु ।।
मिथ्याकार्य भयो अचानक भने दुःखी हुनेमा म छु
प्यारो मित्र सधैँ प्रगाढ रहनू यौटै कुरा भन्दछु ।
भन्नैपर्छ भने गमेर कहनू मेरो कुरा यो भनी
झुट्टाशब्द कुनै नसोच्नु मनमा गाह्रो परेता पनि ।।
पाए साथ मिठो रमेर बसुँला प्यारी सँगै साथमा
माया-मोह पुरा म गर्छु मनले रात्री, दिवा, प्रातमा ।
यौटा सुन्दर यामयो लगनमा सिन्दूर छ यो माथको
हाम्रो कार्य पुरा सबै हुन पुगे इच्छा सँगै साथको ।।
हाम्रो याम सबै मिठा हुन पुगे हाँसौँ रमाई अव
चिन्ता ब्यर्थ यहाँ नलेउ मनमा पुग्ने छ इच्छा सब ।
नौलो जीवनको नयाँरथ यहाँ हाँकौँ रमाई वरू
होला पूर्ण सबै मनोरथहरू बाँकी रहेका अरू ।।
पूर्वै-पश्चिमको निर्रथक यहाँ नाता बन्यो जिन्दगी
लिङ्गे पीङ सरी मिलेर दुइले मच्चाउँ है बेस्सरी ।
पानी-घाटसरी विशाल वहने माया नदी सुन्दर
अङ्गालो कसिलो बनाउ दिलले मीठो अरू केछर ?।
– गोर्खे साइँलो
छन्दः शार्दूल विक्रीडित छन्द, म स ज स त त गु
१९ अक्षर -sss.।।s.।s।.।।s.ss।.ss।.s) १२.७ मा विराम
साभार पल्लव साहित्य पत्रिका बाट

.png)