गजल
क्रिश मगर
अर्थहीन गफ हाँक्छौ शून्यताका कुरा जस्तै,
माहौल अचेल बिग्रिसके सुन्दरी र सुरा जस्तै ।
आधा मिटर पहिरन पनि लामो भईसक्यो अब,
कस्ता कस्ता अंग अहो टल्किएका छुरा जस्तै ।
अचम्मका फेसन हजुर बुझ्नलाई गार्हो हुने,
छौप्न पनि छाडे अग्ला सेता टाकुरा जस्तै ।
लामा-लामा तिघ्राहरूको सुरक्षार्थ खटिएका,
छोटा हुन् कि वस्त्रांग काटिएको पूरा जस्तै।

माहौल अचेल बिग्रिसके सुन्दरी र सुरा जस्तै।।

.png)