भनेउ अरे कुरा गरी उ त अस्ती मर्यो भनी
भत्काएर यो मन मेरो अन्तै बसाइँ सर्यो भनी
लगएर हिडछौ अरे चुरापोते सिँन्दुर साडि
आसपास मेरो घर को देखाउन पर्यो भनी
काटछौ होला कुरा मेरो ओल्टोकोल्टो अरु सँग
रमाउन मात्रै खोज्ने प्रेममा घात गर्यो भनी
तिम्रा लागी मरे हु न्थ्यो मत आज यही ठाँउमा
रमाउनेछौ जि न्दगिको एउटा भिर टर्यो भनी।