छाती भरी घाऊ नै घाऊ छन
तीम्रो मायाको नीशानी!
सुनीदिने कोही भएनन
मेरो बीछोड़को कहानी !!
आफ्नो जीवन बिहान बनायौ
मेरो जीवन पारिदियौ सांझ !!
दुनियाँलाई मैले कसरी भन्ने
तीम्रो भईन म आज !!
भाग्य भनेको लेखीएरै
आउदो रहेछ हातमा !!
खुसी भएर बाँच्नु तिमीले
पराई को न्यानो साथमा!!
मायाको दुई निसानी छोडेर गयौ
ति निसानी लिई बस्नेछु साथमा !!
(उषा भुजेल )
जीवनको गोरेटोमा हिडदा खुसीसबै फिक्का लाग्छ !
भावना र कल्पनामा डुब्दा स्वर्गको आनन्द लाग्छ !!
l
कर्मको कसौटीमा जीवनले बलिदान मागे जस्तो लाग्छ !
मायाको आभास भित्र पवित्रताले त्याग गर्न मन लाग्छ !!
सपलाताको शिखरमा यो मन चुम्नरहू जस्तो लाग्छ !
जीवनसँग जुधी बस्न धिक्कार रहेछ जस्तो लाग्छ !!
मेरो जीवनका सबै सपनाहरु फिक्का जस्तो लाग्छ !
मेरा सबै खुसी हरु रंग बिहिन फिक्का जस्तो लाग्छ !!
गुमाउनु र पाउनु त समयको खेल जस्तो लाग्छ !
मृतुको गन्तव्य बाट सधै बिदा लिउ जस्तो लाग्छ !!
भावना र कल्पनामा डुब्दा स्वर्गको आनन्द लाग्छ !!
l
कर्मको कसौटीमा जीवनले बलिदान मागे जस्तो लाग्छ !
मायाको आभास भित्र पवित्रताले त्याग गर्न मन लाग्छ !!
सपलाताको शिखरमा यो मन चुम्नरहू जस्तो लाग्छ !
जीवनसँग जुधी बस्न धिक्कार रहेछ जस्तो लाग्छ !!
मेरो जीवनका सबै सपनाहरु फिक्का जस्तो लाग्छ !
मेरा सबै खुसी हरु रंग बिहिन फिक्का जस्तो लाग्छ !!
गुमाउनु र पाउनु त समयको खेल जस्तो लाग्छ !
मृतुको गन्तव्य बाट सधै बिदा लिउ जस्तो लाग्छ !!
:-उषा भुजेल
-जीवित खड्का मगर
बलेको टुकी बतासले अन्धकारमा निभाएझैँ लाग्यो
कलिलो घाम बिहानको क्षितिजमा बिलाएझैँ लाग्यो
बस्तीका गीतहरु तिम्रै चिताको आगोमा सेलाएझैँ लाग्यो
जसै ल्यायो हावाले तिम्रो मृत्युको खबर
पटकपटक आखाको पानीले भक्कानिएर भिज्दा
सात समुन्द्रपारि पनि देहमा भूकम्प आएझै लाग्यो |
.
भाई र आफन्त भएरमात्र मेरो प्रिय भएका थिएनौ तिमी,
तिमी त भिजेका परेलीपरेलीहरुमा समेत
आखाको नानी जत्तिकै प्रिय भएका थियौ |
.
अहिले पनि सम्झना छ मलाइ -
वस्तीका खेतखेत, बारीबारीमा बादरहरु आउदा
ओडारओडारबाट हुडारहरुले धुक्दा
र आगन वरिपरीका कुखराका चल्ला अनि परेवाका बथानहरुलाई
माथि आकाशबाट बाज र चीलहरुले झम्टिन खोज्दा
अथवा सिस्नोले झांगिएर घरबारी,करेसाबारी डम्मै हुदा
त्यतै ठुल्ठुला ढुंगाहरु सेता दात देखाएर डीच्च हासिरहदा
तिमी सिस्नोका झ्यांगहरु फाड्न हसिया लिई हिडेको
ढुंगाहरु फोड्न हथौडा लिई घुमेको
बादरहरु धपाउन लहरा तान्दै पहरापहरा पुगेको
ओडारका हुडारहरु , या आकाश-धर्ति आतंकले चाहार्ने
चिल र गिद्दहरु मार्न बारुदको बाटोमा बन्दुक लिई कुदेको |
अहो, कस्तो साहस र शक्ति थियो तिमीमा -
हेर्दा दुब्लो-पात्लो भैकनपनि
सधै रसिलो र हसिलो थियौ तिमी
आकर्षक जीउडाल थिएनहोला ,छुट्टै कुरा हो
तर सधै नम्र,तेजिलो र चम्किलो थियौ तिमी
हाम्रै घरदेखि पारिपट्टि युगौदेखि प्रताडनाले उभिएरपनि
कहिले नझुक्कने अग्लो रेसुंगाको शीरझैँ शीरमा उभिएका थियौ तिमी
र चट्टानजस्तो छातीको-माटोमा बिश्वासका फूलहरु उमारेर फूलाउथेउ तिमी
त्यसैले जब उन्मुक्तिको तिम्रा स्वरहरु मन्चमा बाघझैँ गर्झिदा
गडगडाहट तालीसंग मैले पनि कयौपटक
अभावग्रस्त जिन्दगीका पीडाहरु भूलाएको याद छ |
तर यतिखेर
तिम्रो मृत्युको खबरले म भाबबिह्हल छु
बिचलित, अधीर र अशान्त छु
आखाको नदीमा उर्लेका छालहरुसंग
सुकेका काठमा मुडाझै उत्रदै छु , डुब्दै पनि छु |
.
स्वर्णिम जिन्दगीको तीस वर्षपछि,
हुनत तिम्रो मृत्यु असामयीक भएको थियो
तर सत्य म यो पनि भन्छु ?
कवि हरिभक्त कटुवालको जस्तै तिम्रो जिन्दगी थियौ
फरक - कटुवाल प्रबासीबाट घरबासी हून चाहेका थिए
तिमी घरलाई '' बासी '' हूनबाट जोगाउन खोज्ने मान्छे थियौ
र अन्त्यमा साथमासाथ,हातमाहात नपाएर
कटुवालझैँ रक्सीको गिलासमा हाम्फालेका थियौ
तर दूर्भाग्य ! त्यही गिलासको कुवामा
यमराजले तिमीलाई भेटेको रैछ |
-
मृत्युबिनाको अधुरो यो संसारमा
हामीपनि मृत्युलाई छुटाएर बसेका छैनौ धर्तीमा !
दिनदिनै मृत्युले मारिरहेको यो समय
जब म तिम्रो बाटो खोज्नेछु
तबमात्र एक सच्चा,देशभक्त र कर्मठ भाईको सम्झनाको सार्थक हुनेछ
अनिमात्र तिम्रो सच्चा श्रदान्जली हुनेछ |
----------------------------------------------------------------------------------------------------------------------------
[ गत वर्ष साउदीबाट मैले फोन गर्दा पाटन हस्पिटलको बेडबाट '' दाई ! अब म सन्चो हुन्छु '' भन्दै थियो ,तर त्यसको केहि दिनपछि जन्डिसको बिमारी भाई यो संसारबाट कहिले नफर्कने गरि बिदा लिएर गयो | - छोटो उमेरमै ऊ स्थापित कम्युनिस्ट कार्यकर्ता थियो , मेरो गाऊमा रहेको माध्यमिक विद्यालय ब्यबस्थापन समितिको अध्यक्ष थियो , शिक्षक पनि थियो , बिभिन्न संघ-सस्था र सामाजिक सेवामा निरन्तर सक्रिय थियो .. हरे ! म यो कविता पटकपटक भक्कानिएर रुदै लेखेको छु ]
स्व. जगु खड्का मगर |
बलेको टुकी बतासले अन्धकारमा निभाएझैँ लाग्यो
कलिलो घाम बिहानको क्षितिजमा बिलाएझैँ लाग्यो
बस्तीका गीतहरु तिम्रै चिताको आगोमा सेलाएझैँ लाग्यो
जसै ल्यायो हावाले तिम्रो मृत्युको खबर
पटकपटक आखाको पानीले भक्कानिएर भिज्दा
सात समुन्द्रपारि पनि देहमा भूकम्प आएझै लाग्यो |
.
भाई र आफन्त भएरमात्र मेरो प्रिय भएका थिएनौ तिमी,
तिमी त भिजेका परेलीपरेलीहरुमा समेत
आखाको नानी जत्तिकै प्रिय भएका थियौ |
.
अहिले पनि सम्झना छ मलाइ -
वस्तीका खेतखेत, बारीबारीमा बादरहरु आउदा
ओडारओडारबाट हुडारहरुले धुक्दा
र आगन वरिपरीका कुखराका चल्ला अनि परेवाका बथानहरुलाई
माथि आकाशबाट बाज र चीलहरुले झम्टिन खोज्दा
अथवा सिस्नोले झांगिएर घरबारी,करेसाबारी डम्मै हुदा
त्यतै ठुल्ठुला ढुंगाहरु सेता दात देखाएर डीच्च हासिरहदा
तिमी सिस्नोका झ्यांगहरु फाड्न हसिया लिई हिडेको
ढुंगाहरु फोड्न हथौडा लिई घुमेको
बादरहरु धपाउन लहरा तान्दै पहरापहरा पुगेको
ओडारका हुडारहरु , या आकाश-धर्ति आतंकले चाहार्ने
चिल र गिद्दहरु मार्न बारुदको बाटोमा बन्दुक लिई कुदेको |
अहो, कस्तो साहस र शक्ति थियो तिमीमा -
हेर्दा दुब्लो-पात्लो भैकनपनि
सधै रसिलो र हसिलो थियौ तिमी
आकर्षक जीउडाल थिएनहोला ,छुट्टै कुरा हो
तर सधै नम्र,तेजिलो र चम्किलो थियौ तिमी
हाम्रै घरदेखि पारिपट्टि युगौदेखि प्रताडनाले उभिएरपनि
कहिले नझुक्कने अग्लो रेसुंगाको शीरझैँ शीरमा उभिएका थियौ तिमी
र चट्टानजस्तो छातीको-माटोमा बिश्वासका फूलहरु उमारेर फूलाउथेउ तिमी
त्यसैले जब उन्मुक्तिको तिम्रा स्वरहरु मन्चमा बाघझैँ गर्झिदा
गडगडाहट तालीसंग मैले पनि कयौपटक
अभावग्रस्त जिन्दगीका पीडाहरु भूलाएको याद छ |
तर यतिखेर
तिम्रो मृत्युको खबरले म भाबबिह्हल छु
बिचलित, अधीर र अशान्त छु
आखाको नदीमा उर्लेका छालहरुसंग
सुकेका काठमा मुडाझै उत्रदै छु , डुब्दै पनि छु |
.
स्वर्णिम जिन्दगीको तीस वर्षपछि,
हुनत तिम्रो मृत्यु असामयीक भएको थियो
तर सत्य म यो पनि भन्छु ?
कवि हरिभक्त कटुवालको जस्तै तिम्रो जिन्दगी थियौ
फरक - कटुवाल प्रबासीबाट घरबासी हून चाहेका थिए
तिमी घरलाई '' बासी '' हूनबाट जोगाउन खोज्ने मान्छे थियौ
र अन्त्यमा साथमासाथ,हातमाहात नपाएर
कटुवालझैँ रक्सीको गिलासमा हाम्फालेका थियौ
तर दूर्भाग्य ! त्यही गिलासको कुवामा
यमराजले तिमीलाई भेटेको रैछ |
-
मृत्युबिनाको अधुरो यो संसारमा
हामीपनि मृत्युलाई छुटाएर बसेका छैनौ धर्तीमा !
दिनदिनै मृत्युले मारिरहेको यो समय
जब म तिम्रो बाटो खोज्नेछु
तबमात्र एक सच्चा,देशभक्त र कर्मठ भाईको सम्झनाको सार्थक हुनेछ
अनिमात्र तिम्रो सच्चा श्रदान्जली हुनेछ |
----------------------------------------------------------------------------------------------------------------------------
[ गत वर्ष साउदीबाट मैले फोन गर्दा पाटन हस्पिटलको बेडबाट '' दाई ! अब म सन्चो हुन्छु '' भन्दै थियो ,तर त्यसको केहि दिनपछि जन्डिसको बिमारी भाई यो संसारबाट कहिले नफर्कने गरि बिदा लिएर गयो | - छोटो उमेरमै ऊ स्थापित कम्युनिस्ट कार्यकर्ता थियो , मेरो गाऊमा रहेको माध्यमिक विद्यालय ब्यबस्थापन समितिको अध्यक्ष थियो , शिक्षक पनि थियो , बिभिन्न संघ-सस्था र सामाजिक सेवामा निरन्तर सक्रिय थियो .. हरे ! म यो कविता पटकपटक भक्कानिएर रुदै लेखेको छु ]
स्व. जगु खड्का मगर |
![]() |
:- उषा भुजेल |
कविता :- कहाँ जन्म मेरो , कहाँ आज आएँ
ब्लग दुनियामा रमाउने सानो मेरो एक आफ्नै प्रयास
ब्लग दुनियामा रमाउने सानो मेरो एक आफ्नै प्रयास
म , मेरो कविता , गजल ,मुक्तक भिडियो पोस्ट गर्छु !! मुटु भित्र गुम्सिएको भावना र प्रतिभाहरुलाइ गीत ,गजल .मुक्तक , कवितामा छ्च्ल्काउने गर्छु !!
जीवनमा आईपरेको हरेको दुख र सुखलाई मेरो आफनै भाषाशैली, लहरमा उतार्ने गर्छु !! दिनभरिको कार्ययोजनालाई लिस्ट तयारपारि एक गीत र कविताको भावमा प्रस्फुटन गर्छु !! मेरो आफ्नै कथा , आफ्नै ब्यथा, मेरो संसार म तेही रमाउछु, म तेही हराउछु म तेही हुन्छु !! जीवनको संघर्सलाइ धागोको मालामा उन्छु
तेही मालालाइ मेरो संसारमा जम्मा गर्छु !!
कतै हराएको जस्तै
विलिन भए जस्तै
आकारविहीन प्रकारविहीं
रित्तिएकोछु सिद्धिएकोछु
अस्तीत्वको जिबनमा
अस्तित्वविहीन छु म।
न बुझ्न सकियो-
रित्तो काखका पीडाहरु
न भन्न सकियो-
खालि सिउँदोको कथाहरु
न महसुस गर्न सकियो-
सुकुम्बासीको जिबनकथा
न जान्न सकियो-
माग्नेहरुको करुण-कथा
न गाउँ सकियो-बीरताको जीवनगाथा
न लेख्न सकियो-
परिश्रमिको जीवनपिडा
त्यसैले
म हुनु र नहुनमा
फरक केहि देखिनँ
अस्तित्वहीन मान्छे म।
कसैको एक गास
कसैको एक बास
कसैलाई एक टुक्रा
कसैलाई एक झुप्रा
कसैको लागि कफन
अँह केहि पनि छैन
आखिर म
कसैको लागि केहि बन्न सकिनँ
केवल मुल्यहीन-अस्तित्वहीन।
चल्ने समयको गति
उड्ने बादलको सन्देश
बग्ने खोलाको संगीत
प्रकृतिको रहस्य
जिबनको महत्व
आखिर केहि बुझ्न सकिनँ
त्यसैले
विचारहीन मान्छे म
जिवहिन मान्छे म
अर्थहीन मान्छे म
अस्तित्वहीन मान्छे म।।
साभार:रोल्पाली कवी डी.वी. टुहुरोको आठौँ स्थान पछिको प्रकाशित कविता संग्रह
'विहानी' बाट।
जीवित खड्का मगर
पातहरु पलाईसकेको छैन
फूलहरु फुलिरहेका छैनन्
झरेपछि -
बगैचाबाट,रुख-रुखहरुबाट
बुटा-बुटा,पोथ्रा र हागा-हागाहरुबाट
माहुरीहरु त्यसैले छन् जुलुसमा ,
हामी यसैलेपनि आकाशको छतमूनि
सधै खडेरी अघाउनुपर्थ्यो |
.
झरिपछि -
खेतखेत-बारीबारी
हरिया-हरिया चौबन्दी र फरिया
पहिरन बोकेर डाडा र पाखाहरुसंग
भिर-पखेरा अनि जंगल र शाखाहरुसंग
प्रीत पोख्ने बादलहरुपनि
बर्षौ वर्षदेखि हराएको
मूग्लानकै खसमजस्तो
उसकै न्यानोले
जीवनभरि तृष्णाको हत्या गरेकी महिलाझैँ
फेरी चाडै फर्की आउने बादा गरेर समेत
पर्वतको शिखरमाथि आकाशमै हराएपछि
कसरी उब्जन्थ्यो र अन्नबाली खेतबारीमा ?
तर आमाले भोकको आगोमा पाकेको
अथाह पीडा पिएरपनि
पटुकाको सप्कोमा बाँधी राखेको
पूराना केहि मोहर र बिस रुपियाको नोट
अनि माथ्लो तलाको एक कुनामा
दुई/चार माना मकै त राखेकै रहिछिन
जतिखेर हामी सानो छदाँ
भोकले धरधरी रोएको सम्झना छ आमासंग |
.
कथाजस्तो .. !
कहानीजस्तो लाग्ने
त्यो स्मृतिको फेरी चर्चा गर्दैछु म ,
कस्तो फसाद थियो ! भोक लागेको बेला
त्यसैले भनिन् आमाले मलाइ,
जाउ बाबु !
छिमेकी कहाँबाट आगो लिएर आऊ
म छिमेकीकहाँ आगो माग्न गए
तर छिमेकीले आगो दिन कन्जुसाई गरे
म अर्का दोश्रो छिमेकीकहाँ गए
त्यहाँपनि त्यस्तै जबाफ पुनरावृति भयो
म फेरी तेश्रो छिमेकीकहाँ गए
आफ्ना सबै समस्याहरु दर्शाए
तर दिएनन् आगोको सापट कसैलेपनि ..
उफ् !
भोकले ज्यान गलेको थियो
रिसको झोक बलेको थियो
र पनि लाथ्र्याक लाथ्र्याक ..एक्कासी
मौनतामा क्रन्दनले पाइला रोक्यो
संघारमै सूर्य ढलेको समय रैछ क्यार !
झ्पाप्प अध्यारोले छोप्दा
क्रन्दनले रोइरहेको आमालाई देखे
भाई र नानीलाई देखे
र अझैसम्म देखिरहेछु
त्यो दिनदेखि
थुप्रै रोईरहेका आमाहरुलाई
छोराहरुलाई .., नानीहरुलाई ...|
.
आज
मेरो कथाजस्तै
अर्का स्मृति-स्मरण गर्दैछु
र बुझ्दैछु / जान्दैछु म ,
हिजो ती जो रोइरहेका थिए
आमाहरु / छोराहरु / नानीहरु
तिनै आज आक्रोशले उभिएका छन्
उभिन सक्ने भई सकेका छन् -
गाउ-बस्ती / सडक र शहरभरि
''राता'' मान्छेहरुका बिरुद्ध
''सेता-काला''मान्छेहरुका बिरुद्द
जसले हाम्रो ठाऊलाई
सधै कालो झण्डा ओडाएर
अध्यारो ओझेलमा राखेका थिए |
पातहरु पलाईसकेको छैन
फूलहरु फुलिरहेका छैनन्
झरेपछि -
बगैचाबाट,रुख-रुखहरुबाट
बुटा-बुटा,पोथ्रा र हागा-हागाहरुबाट
माहुरीहरु त्यसैले छन् जुलुसमा ,
हामी यसैलेपनि आकाशको छतमूनि
सधै खडेरी अघाउनुपर्थ्यो |
.
झरिपछि -
खेतखेत-बारीबारी
हरिया-हरिया चौबन्दी र फरिया
पहिरन बोकेर डाडा र पाखाहरुसंग
भिर-पखेरा अनि जंगल र शाखाहरुसंग
प्रीत पोख्ने बादलहरुपनि
बर्षौ वर्षदेखि हराएको
मूग्लानकै खसमजस्तो
उसकै न्यानोले
जीवनभरि तृष्णाको हत्या गरेकी महिलाझैँ
फेरी चाडै फर्की आउने बादा गरेर समेत
पर्वतको शिखरमाथि आकाशमै हराएपछि
कसरी उब्जन्थ्यो र अन्नबाली खेतबारीमा ?
तर आमाले भोकको आगोमा पाकेको
अथाह पीडा पिएरपनि
पटुकाको सप्कोमा बाँधी राखेको
पूराना केहि मोहर र बिस रुपियाको नोट
अनि माथ्लो तलाको एक कुनामा
दुई/चार माना मकै त राखेकै रहिछिन
जतिखेर हामी सानो छदाँ
भोकले धरधरी रोएको सम्झना छ आमासंग |
.
कथाजस्तो .. !
कहानीजस्तो लाग्ने
त्यो स्मृतिको फेरी चर्चा गर्दैछु म ,
कस्तो फसाद थियो ! भोक लागेको बेला
त्यसैले भनिन् आमाले मलाइ,
जाउ बाबु !
छिमेकी कहाँबाट आगो लिएर आऊ
म छिमेकीकहाँ आगो माग्न गए
तर छिमेकीले आगो दिन कन्जुसाई गरे
म अर्का दोश्रो छिमेकीकहाँ गए
त्यहाँपनि त्यस्तै जबाफ पुनरावृति भयो
म फेरी तेश्रो छिमेकीकहाँ गए
आफ्ना सबै समस्याहरु दर्शाए
तर दिएनन् आगोको सापट कसैलेपनि ..
उफ् !
भोकले ज्यान गलेको थियो
रिसको झोक बलेको थियो
र पनि लाथ्र्याक लाथ्र्याक ..एक्कासी
मौनतामा क्रन्दनले पाइला रोक्यो
संघारमै सूर्य ढलेको समय रैछ क्यार !
झ्पाप्प अध्यारोले छोप्दा
क्रन्दनले रोइरहेको आमालाई देखे
भाई र नानीलाई देखे
र अझैसम्म देखिरहेछु
त्यो दिनदेखि
थुप्रै रोईरहेका आमाहरुलाई
छोराहरुलाई .., नानीहरुलाई ...|
.
आज
मेरो कथाजस्तै
अर्का स्मृति-स्मरण गर्दैछु
र बुझ्दैछु / जान्दैछु म ,
हिजो ती जो रोइरहेका थिए
आमाहरु / छोराहरु / नानीहरु
तिनै आज आक्रोशले उभिएका छन्
उभिन सक्ने भई सकेका छन् -
गाउ-बस्ती / सडक र शहरभरि
''राता'' मान्छेहरुका बिरुद्ध
''सेता-काला''मान्छेहरुका बिरुद्द
जसले हाम्रो ठाऊलाई
सधै कालो झण्डा ओडाएर
अध्यारो ओझेलमा राखेका थिए |
धेरै पछि आज पल्टाइरहेछु मनको अभ्यस्त डायरी
जहा, देखिइरहेछन्
शव्द भावमा चुर्लुम्म डुबेका
दर्जनभन्दा केही बढी
काचा अर्थात्
अपरिपक्व पत्र बिन्यासहरु!!
थोरै हलुकिन्छ मन
आभासलाई कोल्टे फर्काउँछु
खोलीको सुख्खा बगरमा
चपली डाम सजाउँदै
उनको लेक- मेरो बेसी
मेरो बेसी-उन्को लेकसम्मका
सुसज्जित यात्रात्मक मझेरीहरु!!
अर्को पेज पल्टाउछु
आश्चर्य लाग्छ,
म “प्रेमी” भइसकेको हुन्छु कसैको
हलक्क बढेका बासका मुनासरी
मेरा दुधे ओठहरुले
प्रेम फड्कार्न थालेको पाउछु
प्रेम बर्बराउन थालेको पाउछु
उनी पनि आफूजस्तै तन्नेरी भएको पाउछु
अर्को पेजभित्र
उनको भैलोमा
भैलेनीको पगरी गुथी
कुसुमटारको फेदबाट
केही घर भैलेनी नाची
सयपत्रीका केही झोक्काको
प्रेमील आभास पिउदै
अरु भैलेनीवाट छलिए
र जुनकिरी बाल्दै
घरमुनीसम्म पुगेको
कत्ति काइदाको दृश्य!!
अर्को पेजमा दौडिरहेछु म
घरै छेउबाट बिदाइ गर्छे मलाई ऊ
अब अरुकी नहुने कसम खादै
त्यसपछि तीन वर्ष छिमली
म आफूलाई शब्दाकार पाउछु
बिलीनतापछि होसमा आएको “ध्यानी” झै
अर्को पेजमा,
म निसास्सिरहेछु
कुसुमटारको अन्तिम हासो बोकी
ठिङंग उभिइरहेछे ऊ
सम्झन्छु त्यो चित्र जस्ताको तस्तै म
यस्तो लाग्छ- ऊ तामाजस्ती बढिसकी होली
तरुनी भइसकी होली
पुतलीजस्ती सुकुमारी भइ सायद !
तरपनि अभ्यस्त भेट !
कताकति हत्केलाहरु
तस्बीर सुम्सुम्याउन पुगिरहेछन्
त्यही तस्विर,
जुन उसले मलाई चैते दशैको मेलामा
उसको लेक जादा
मलाई उस्को छातिमा टमक्क कसी
उपहार दिएथी-सम्झनाको-बिर्सनाको !!
ऊ थोरै काउकुतिएजस्तो लाग्छ
थोरै सर्माएजस्तो लाग्छ अनि लाग्छ
उस्को जस्तै कलिलो जवानीको रहर मलाई
तर...............।।
दिनेशराज पुरी
सुनारपानी-९ रामेछाप
| जेठा दाई 'प्रखर' |
..
जीवन पिच्छे फरक-फरक, जिन्दगीको परिभाषा,
तर सबको चाह एउटै, हांसी बाच्ने अभिलाषा !
कोही भन्छन धन, त कोही भन्छन मन हो जीवन !
कोही भन्छन शरीर को, सन्तुष्टि र चैन हो जीवन !
जे सुकै भनुन सबले, मर्दा के पो लान्छ कसले ?
आज हो की, भोली हो ? आफ्नै टुंगो छैन जीवन !
भोगाई पिच्छे फरक-फरक, जिन्दगी को परिभाषा,
तर सबको लक्ष्य एउटै, रम्दै जिउने अभिलाषा !
| जेठा दाई 'प्रखर' |
बिना कारण कसै संग,
बे-फ्वांक मा कराउदिन,
जे देख्छु त्यही लेख्छु,
कसै संग डराउदिन !
आमाको गर्भ मै सिकेको हैंन मैले,
कसैको अनुसरण गरेको छैन मैले,
हात मुसार्दै चाप्लुसी गर्न जानिन,
बिताको छु कैयौ रात,
टुकी र मैंन मा मैले !
धेरै पाए यो छातीमा,
घोपिला, रोपिला, धोका हरु,
अरु लाइ ख़ुशी पार्दा-पार्दै
आफैले पाइन कहिले चैन मैले !
जे भोग्छु, त्यही लेख्छु,
कसै संग डराउदिन !
जे देख्छु त्यही लेख्छु,
कसै संग डराउदिन !!
रुपलाल बिश्वकर्मा 'रुप अनुरागी'
आकश एउटै धर्ती एउटै आत्मा किन छिन्न-भिन्न
जन्म पछि मृत्यु सबको परमात्मा हुन्न अभिन्न ।
आउने जाने बाटो अलग आखिर गति एउटै हो
अमिट छाप मिठो राप गाँसौं माला पिरतिको ।
भुल्यौ कि त प्रतिबिम्ब सीता अनि भृकुटीको
गर्व हाम्रो सगरमाथा ज्ञानको सन्देश बुद्धको ।
गर्व हाम्रो सगरमाथा ज्ञानको सन्देश बुद्धको ।
चक्र दृष्टी ज्योतिको आत्मा परिवर्तन गर्न सिकौं
वसुदैव कुटुम्बको नियात्रा सर्वमान्य पालन गरौं ।
वसुदैव कुटुम्बको नियात्रा सर्वमान्य पालन गरौं ।
लाग्ने होइन हदै हामी थोत्रा-मोत्रा बर्बादीमा
सत्य-तथ्य मुल्य-मान्यता सकारौं हर्षादीमा ।
सत्य-तथ्य मुल्य-मान्यता सकारौं हर्षादीमा ।
कर्मठ बनी जिउने गरौं स्वाभिमानी बानीले
सुन्दर जिबन प्यारो भूमी आफ्नै हावापानीले ।
सुन्दर जिबन प्यारो भूमी आफ्नै हावापानीले ।
रुपलाल बिश्वकर्मा
सहित्यिक नाम
रुप अनुरागी
दमौली , तनहुँ
हाल : दुबई ( युएई )
सहित्यिक नाम
रुप अनुरागी
दमौली , तनहुँ
हाल : दुबई ( युएई )
रुपलाल बिस्वकर्मा 'रुप अनुरागी'
कुर्लन्छन् जोडले, यस्तो-उस्तो कुरा हजार थरी
हेर ! ती आज मन्त्री भए गर्न थाले मनपरी ।
विधावारिधी गरेका छन्, ढाँट-छलको झुटो खेती
आफ्नै स्वार्थ र अर्थमा, सधैं लुछाचुडीं विमती ।
कुर्लन्छन् जोडले, यस्तो-उस्तो कुरा हजार थरी
हेर ! ती आज मन्त्री भए गर्न थाले मनपरी ।
विधावारिधी गरेका छन्, ढाँट-छलको झुटो खेती
आफ्नै स्वार्थ र अर्थमा, सधैं लुछाचुडीं विमती ।
आलु भन्दा सस्तो भयो, सभासदको पद पनि
समानुपातिकमा परेको हो, चुनावमा हारे पनि ।
समानुपातिकमा परेको हो, चुनावमा हारे पनि ।
कुर्सीको लागि लडेको, राष्ट्र हितमा खोस्टो छैन
सिद्धान्तका ठेली छन्, व्यबहारमा होस्टे होइन ।
सिद्धान्तका ठेली छन्, व्यबहारमा होस्टे होइन ।
मिठा कुरा गर्छन् नेता, सिन्को भाँच्ने होइन क्यारे
कमाई खाने राम्रो भाँडो, सभासद र मन्त्री प्यारे ।
कमाई खाने राम्रो भाँडो, सभासद र मन्त्री प्यारे ।
सिंहदरबार पुग्यौ नेता, बिर्स्यौ गरिबको झुपडी
सधैं नटिक्ला जाली कुरा, जन ताली र थपडी ।
सधैं नटिक्ला जाली कुरा, जन ताली र थपडी ।
खुरापाती नेता होइन, राष्ट्रसेवक हामीले खोजेको हो
पक्ष-विपक्षमा नगुजार, शान्ति र बिकास रोजेको हो ।
पक्ष-विपक्षमा नगुजार, शान्ति र बिकास रोजेको हो ।
हिंस्सी हराएको देशका जनता, छैन ओंठमा मुस्कान
निती-नियम्-बिधान बनाई कायम गर है सुशासन ।
निती-नियम्-बिधान बनाई कायम गर है सुशासन ।
-अनुप जोशी
When I was born
He was already borned
We got colourised by the Sun
In the world of science , We
learned that the Sun is a star
and the Star dies a day
Accidently , he died .
People say I have been
too old now , and believe
I'm approaching towards the Death
but still sun reappears every morning
and I can see it rising .
He was already borned
We got colourised by the Sun
In the world of science , We
learned that the Sun is a star
and the Star dies a day
Accidently , he died .
People say I have been
too old now , and believe
I'm approaching towards the Death
but still sun reappears every morning
and I can see it rising .
| गोर्खे साइँलो पल्लव साहित्य पत्रिकाको सम्पादक हुनुहुन्छ |
पूनः प्रकाशित छन्द कविता
लेखेथेँ कविता त्यही समयमा घुम्दै पुगी पूर्वमा
आयो याद यहाँ खुलेर मनमा शब्दार्थकै सम्झना ।
सम्झी शब्द सबै निशब्द नहुने पाना भरी लेख्दछु
दृष्टी गोचर झैँ बगेर सपना बाढी सरी देख्दछु ।।
आयो याद यहाँ खुलेर मनमा शब्दार्थकै सम्झना ।
सम्झी शब्द सबै निशब्द नहुने पाना भरी लेख्दछु
दृष्टी गोचर झैँ बगेर सपना बाढी सरी देख्दछु ।।
मिथ्याकार्य भयो अचानक भने दुःखी हुनेमा म छु
प्यारो मित्र सधैँ प्रगाढ रहनू यौटै कुरा भन्दछु ।
भन्नैपर्छ भने गमेर कहनू मेरो कुरा यो भनी
झुट्टाशब्द कुनै नसोच्नु मनमा गाह्रो परेता पनि ।।
पाए साथ मिठो रमेर बसुँला प्यारी सँगै साथमा
माया-मोह पुरा म गर्छु मनले रात्री, दिवा, प्रातमा ।
यौटा सुन्दर यामयो लगनमा सिन्दूर छ यो माथको
हाम्रो कार्य पुरा सबै हुन पुगे इच्छा सँगै साथको ।।
हाम्रो याम सबै मिठा हुन पुगे हाँसौँ रमाई अव
चिन्ता ब्यर्थ यहाँ नलेउ मनमा पुग्ने छ इच्छा सब ।
नौलो जीवनको नयाँरथ यहाँ हाँकौँ रमाई वरू
होला पूर्ण सबै मनोरथहरू बाँकी रहेका अरू ।।
पूर्वै-पश्चिमको निर्रथक यहाँ नाता बन्यो जिन्दगी
लिङ्गे पीङ सरी मिलेर दुइले मच्चाउँ है बेस्सरी ।
पानी-घाटसरी विशाल वहने माया नदी सुन्दर
अङ्गालो कसिलो बनाउ दिलले मीठो अरू केछर ?।
– गोर्खे साइँलो
छन्दः शार्दूल विक्रीडित छन्द, म स ज स त त गु
१९ अक्षर -sss.।।s.।s।.।।s.ss।.ss।.s) १२.७ मा विराम
साभार पल्लव साहित्य पत्रिका बाट
![]() |
| रुपलाल बिश्वकर्मा 'रुप अनुरागी' |
रङ्गीचङी बगैंचामा फूलहरु फक्रे कति
सुगन्धले मन्त्रमुग्ध मैले टिप्न जानीन्
हेर्दा उस्तै देखिने माया लाउन जानीन ।
आजन्मको सृष्टीले वासना नि ल्याकोथ्यो
अन्जानमै भए पनि सजाउन त थाल्या हो
ऊँडी-डुली भमरा डालीमा त बस्याथ्यो ।
सर्तहरु धेरै राख्यौ नि मैले उचित ठानीन
नि:सर्तमा जिउनाले माया लाउन जानीन्।
सुगन्धले मन्त्रमुग्ध मैले टिप्न जानीन्
हेर्दा उस्तै देखिने माया लाउन जानीन ।
आजन्मको सृष्टीले वासना नि ल्याकोथ्यो
अन्जानमै भए पनि सजाउन त थाल्या हो
ऊँडी-डुली भमरा डालीमा त बस्याथ्यो ।
सर्तहरु धेरै राख्यौ नि मैले उचित ठानीन
नि:सर्तमा जिउनाले माया लाउन जानीन्।
आकाशको बादल जस्तै हुन्थे
तिमी पराई भै टाढा हुँदा,
उजाड मौभुमी जस्तै हुन्थे
तिमी आगोको मुस्ला हुँदा।
तिमी पराई भै टाढा हुँदा,
उजाड मौभुमी जस्तै हुन्थे
तिमी आगोको मुस्ला हुँदा।
सगरमाथा चढ्ने ईरादा, तर सपना विफल भयो ।
भकुण्डो सरि जिन्दगी ठक्कर-चक्कर पायो ।।
हिड्दा हिड्दै कर्मले, यात्रामा कता डोर्यायो ?
घाम-पानी र झरी-बादल हँसायो-रूवायो ।।
थाहै नपाइ आज रेगिस्तानको गास र वास गरायो ।
मनको लड्डु घिऊ सङ्ग खानु पर्ने बाध्य बनायो ।।
के-के भयो-भयो, जीवनको गतिशील पाइलामा ।
अधुरै रहे सपनाहरु, लेखेछ के छैठौ दिनमा ।।
गुलाब पनि बिझाउने भयो नयनहरुमा सजाउदा ।
हाँसो पनि फिका लाग्यो मन्द मुस्कान फिजाउदा ।।
हावा-हुरी धेरै चले, बाढी-पहिरो असिना ।
आघात पर्ला फेरि कतै, घाऊहरु बल्झिदा ।।
नसम्झनु बेहत्तर राम्रै ठान्नु वर्तमानलाई ।
ललाटको खेल यस्तै दोष नदिउं कसैलाई ।।
रुपलाल बिस्वकर्मा
दमौली, तनहुँ
हाल: दुबई
भकुण्डो सरि जिन्दगी ठक्कर-चक्कर पायो ।।
हिड्दा हिड्दै कर्मले, यात्रामा कता डोर्यायो ?
घाम-पानी र झरी-बादल हँसायो-रूवायो ।।
थाहै नपाइ आज रेगिस्तानको गास र वास गरायो ।
मनको लड्डु घिऊ सङ्ग खानु पर्ने बाध्य बनायो ।।
के-के भयो-भयो, जीवनको गतिशील पाइलामा ।
अधुरै रहे सपनाहरु, लेखेछ के छैठौ दिनमा ।।
गुलाब पनि बिझाउने भयो नयनहरुमा सजाउदा ।
हाँसो पनि फिका लाग्यो मन्द मुस्कान फिजाउदा ।।
हावा-हुरी धेरै चले, बाढी-पहिरो असिना ।
आघात पर्ला फेरि कतै, घाऊहरु बल्झिदा ।।
नसम्झनु बेहत्तर राम्रै ठान्नु वर्तमानलाई ।
ललाटको खेल यस्तै दोष नदिउं कसैलाई ।।
रुपलाल बिस्वकर्मा
दमौली, तनहुँ
हाल: दुबई
| बिना तामाङ 'सुनगाभा' |
निस्वार्थका रुपरेखा खोज्न थालें
जीवन अस्तित्व रक्षार्थ
हात पसार्नु कत्तिको जायज छ?
उत्तर खोज्न थालें
सायद उत्तर यतै कतै
जीवन बिसंगतीमै भेट्टाउछु कि?
आफ्नो दुष्कर जीवन यात्रालाई
नरम बाटोहरुमा परिवर्तन गर्न
शिर निहुराएं
याचना गरें
अहं कुनै परिवर्तन आएन
संसार नरमहरुको लागि हैन
कठोरहरुको लागि रहेछ यहि ठम्याई भयो
अनि घोत्लिएर सोच्न थालें फेरि
कोमल फूलसंग तुलना गरें
मतलब निकालें
फूल हेर्दा निश्चल ,निर्मल
तर यो भित्र पनि स्वार्थ देखें
सायद पत्याउनु हुन्न होला
त्यसो भए सोच्नुस त
फूलले पनि आफ्नो अस्तित्व जोगाउन
काँडाकै सहारा त लिन्छ
मगमगाउँदो बनेर
भमरालाई आमन्त्रित गर्छे
बासना चलाएर लठ्ठ पार्छे
अनि परागशेचन गराएर
आफ्नो अस्तित्व जोगाउँछे
फूल र भवंराको प्रेमलाप पनि
अस्तित्व जोगाउने युद्द रहेछ
संसार यस्तै रहेछ
प्रकृति यस्तै रहेछ
क्षणिक अस्तित्व जोगाउन
महासंग्राम गर्नै पर्ने
त्यसैले स्वार्थ यहाँ
जताततै व्याप्त रहेछ
तितो सत्य यहि रहेछ
-काठमाण्डौं
हात पसार्नु कत्तिको जायज छ?
उत्तर खोज्न थालें
सायद उत्तर यतै कतै
जीवन बिसंगतीमै भेट्टाउछु कि?
आफ्नो दुष्कर जीवन यात्रालाई
नरम बाटोहरुमा परिवर्तन गर्न
शिर निहुराएं
याचना गरें
अहं कुनै परिवर्तन आएन
संसार नरमहरुको लागि हैन
कठोरहरुको लागि रहेछ यहि ठम्याई भयो
अनि घोत्लिएर सोच्न थालें फेरि
कोमल फूलसंग तुलना गरें
मतलब निकालें
फूल हेर्दा निश्चल ,निर्मल
तर यो भित्र पनि स्वार्थ देखें
सायद पत्याउनु हुन्न होला
त्यसो भए सोच्नुस त
फूलले पनि आफ्नो अस्तित्व जोगाउन
काँडाकै सहारा त लिन्छ
मगमगाउँदो बनेर
भमरालाई आमन्त्रित गर्छे
बासना चलाएर लठ्ठ पार्छे
अनि परागशेचन गराएर
आफ्नो अस्तित्व जोगाउँछे
फूल र भवंराको प्रेमलाप पनि
अस्तित्व जोगाउने युद्द रहेछ
संसार यस्तै रहेछ
प्रकृति यस्तै रहेछ
क्षणिक अस्तित्व जोगाउन
महासंग्राम गर्नै पर्ने
त्यसैले स्वार्थ यहाँ
जताततै व्याप्त रहेछ
तितो सत्य यहि रहेछ
-काठमाण्डौं
फुल जती टाढा होस्
बासना भने आइ रहन्छ,
मायाँ भने टाढा किन नहोस्
मायाँ भने हर क्षेण लाई रहन्छ।
मायाँ फुल भै फुल्ने गर सधै
म झरेको पात सरी झरी दिनेछु,
तिमि पुर्णिमाको जुन भै झुल्किनु सधै
म औंसीको कालो रात सरि भै दिनेछु ।
सम्झनाको उज्यालोलाई
मनको कल्पनाले भरि दिनु,
मैले लेखेको भावानालई
खुशी मनले हेरी दिनु ।
खुसी त केवल पाहुना रहेछ
दु:ख नै जिबन साथी रहेछ,
मिलन केवल छायाँ रहेछ
बिछोड नै अन्त्य मायाँ रहेछ।
- भीमगिठे-६ असारे बागलुङ
बासना भने आइ रहन्छ,
मायाँ भने टाढा किन नहोस्
![]() |
| दीपेन रोका 'रिमिक्स' |
मायाँ फुल भै फुल्ने गर सधै
म झरेको पात सरी झरी दिनेछु,
तिमि पुर्णिमाको जुन भै झुल्किनु सधै
म औंसीको कालो रात सरि भै दिनेछु ।
सम्झनाको उज्यालोलाई
मनको कल्पनाले भरि दिनु,
मैले लेखेको भावानालई
खुशी मनले हेरी दिनु ।
खुसी त केवल पाहुना रहेछ
दु:ख नै जिबन साथी रहेछ,
मिलन केवल छायाँ रहेछ
बिछोड नै अन्त्य मायाँ रहेछ।
- भीमगिठे-६ असारे बागलुङ








.png)