बिछेाडकेा पिडा...
आकाशको चरी हुँ भन्थ्यौ
किन आज पृथ्वीमा झर्यौ,
![]() |
| मगर कोपिल |
म संग मायाँ लाउँदिन भन्थ्यौ
किन आज प्रेम गर्न खोज्यौ।
बसन्तमा मात्र घुम्छु भन्थ्यौ
आज मरुभूमिमा घुम्न थाल्यौ,
समुन्द्रको छेउछाउमा बस्दिन भन्थ्यौ
किन खहरे खोलामा भिज्न थाल्यौ।
गुलाबको फुल हुँ भन्थ्यौ
किन आज कक्रलो भै ओइलिन थाल्यौ
अन्जान प्रेमी संग मायाँ लाउँदिन भन्थ्यौ
किन आज पागल प्रेमी बन्न पुग्यौ।।
-बुङ्गादेाभान - थ्रिबाङ बाग्लुङ
हाल: मलेशिया


.png)