राजधानी सरेपछि
सुवास श्रेष्ठ
गाउँको यौटा सोझो मान्छे राजधानी सरेपछि
जिन्दगीनै डामाडोल भो पिउँने बानी परेपछि।
दुर्गन्घित त हुने नै भो मन सफा भए पनि
फोहोर बग्ने नालीलाई स्वच्छ ठानी तरेपछि।
साथी भाइको वचन काट्न गाह्रो हुने भएपनि
सोच्नु पर्थ्यो समयमा त्यसले हानी गरेपछि।
के फाईदा भो गल्ति गर्दै जति पछुताए पनि
ओईलिएको फूल जस्तै जिन्दगानी झरेपछि।
सलामी त के कुरा भो मलामी नि नहोला कि
यसरी नै एक आपसमा खुट्टा तानी मरेपछि।
गाउँको यौटा सोझो मान्छे राजधानी सरेपछि
जिन्दगीनै डामाडोल भो पिउँने बानी परेपछि।
दुर्गन्घित त हुने नै भो मन सफा भए पनि
फोहोर बग्ने नालीलाई स्वच्छ ठानी तरेपछि।
साथी भाइको वचन काट्न गाह्रो हुने भएपनि
सोच्नु पर्थ्यो समयमा त्यसले हानी गरेपछि।
के फाईदा भो गल्ति गर्दै जति पछुताए पनि
ओईलिएको फूल जस्तै जिन्दगानी झरेपछि।
सलामी त के कुरा भो मलामी नि नहोला कि
यसरी नै एक आपसमा खुट्टा तानी मरेपछि।

.png)