»
गजल
गजल
राज ताबेबुङ सुब्बा
एकछिन तिमी हराएमा,रुन मन पर्छ।
.आँसु धारा बगाई मुहार,धुन मन पर्छ।
मनै देखि रोजे मैले,चन्द्र मुखी मुहार
भेट्न पाए बेहोसी'मै,छुन मन पर्छ।
हजार बजार परीका,जत्थै आए पनि
किन किन केवल तिम्रै,हुन मन पर्छ।
कस्तो बस्यो एकतर्फी,मायाँ पिरती'नी
म परें सिल्भर तिमीलाइ,सुन मन पर्छ।
कल्पनामै सिमित भो,संगै बाँच्नु हाँस्नु
झुप्डीको टुकी म तिमीलाइ,जुन मन पर्छ
शिर्षक :
गजल

.png)