असफल यात्री
सगरमाथा चढ्ने ईरादा, तर सपना विफल भयो ।
भकुण्डो सरि जिन्दगी ठक्कर-चक्कर पायो ।।
हिड्दा हिड्दै कर्मले, यात्रामा कता डोर्यायो ?
घाम-पानी र झरी-बादल हँसायो-रूवायो ।।
थाहै नपाइ आज रेगिस्तानको गास र वास गरायो ।
मनको लड्डु घिऊ सङ्ग खानु पर्ने बाध्य बनायो ।।
के-के भयो-भयो, जीवनको गतिशील पाइलामा ।
अधुरै रहे सपनाहरु, लेखेछ के छैठौ दिनमा ।।
गुलाब पनि बिझाउने भयो नयनहरुमा सजाउदा ।
हाँसो पनि फिका लाग्यो मन्द मुस्कान फिजाउदा ।।
हावा-हुरी धेरै चले, बाढी-पहिरो असिना ।
आघात पर्ला फेरि कतै, घाऊहरु बल्झिदा ।।
नसम्झनु बेहत्तर राम्रै ठान्नु वर्तमानलाई ।
ललाटको खेल यस्तै दोष नदिउं कसैलाई ।।
रुपलाल बिस्वकर्मा
दमौली, तनहुँ
हाल: दुबई

.png)