गजल
जिन्दगीको घाम त्यसै, छायाँ बनि धलीदियो
शिखर चढ्ने पाइला पनि, कल्पनामै गली दियो।
सुर्योदयको प्रभात मै अन्धकार रात हुँदा
सानो दीप बाल्दै थिएँ, आंधी तुफान चली दियो।
उराठ लाग्छ धर्ति सारा, गगनमा खुशी पाउँथे
हेर्दा हेर्दै त्यता पनि, बादल लागि छली दियो।
सहेकै थिएँ पींडाहरु, भतभति पोले पनि
कसरि सहुँ म ? ज्वालामुखी बलि दियो।
जिन्दगीको घाम त्यसै, छायाँ बनि ढली दियो
शिखर चढ़ने पाइला पनि, कल्पनामै गली दियो।।
- हस्त 'बिबस' पी.एम.
- हस्त 'बिबस' पी.एम.
मसिना, रोल्पा
हाल: कुलाई, जोहोर
फोन: ०१०-८२२२००३

.png)