गाइ जात्रे राजनिति यात्रा..
प्रजातन्त्र र लोकतन्त्रको जादु मन्त्र
नेताहरु तोरीलाउरे भन्छन सहमति
महंगीले नेटो काट्यो अपराधीलाई पार्टी।
तंछाड-मंछाड गर्दै भाषण छाड्छन नेता
कुर्सि पायो मन्त्रि भयो, जनता यता न उता।
के रोग लाग्यो नेपाल आमा रुन्छिन छाती पिटी
अन्योल पर्यो शान्ती र संविधानको मिती।
झन्डा बोक्दै भाषण थिक्दै नेता चढे पजेरोमा
लोडसेडिङले उखरमाउलो जनता अँध्यारोमा !!
झन्डा बोक्दै भाषण थिक्दै नेता चढे पजेरोमा
लोडसेडिङले उखरमाउलो जनता अँध्यारोमा !!
-दमौली, तनहुँ
हाल: दुबई


.png)