गजल
तिम्रै नाममा बाँच्न पाउँ, तिम्रै नाउँमा मर्न पाउँ
![]() |
| केशब पुन 'मित्ज्यु' |
चारै तिर सु-बास्ना, तिम्रै नाउँमा छर्न पाउँ।
जिन्दगीको गोरेटोमा, साथ तिम्रो छोडे पनी
मर्ने बेला अन्तिम चोटी, तिम्रै काखमा पर्न पाउँ।
जहाँ गए पनी उतै पाइला, उतै जाँदा मेरो नजर
सफलताको तिम्रो बयान आए, यै जुनीमा गर्न पाउँ
तिम्रो यादमा भौतारिंदै, जिन्दगीको हर मोडमा
सयौं खोला साथ साथै, तिम्रै हातमा तर्न पाउँ
बाँचे नी मरेनी जे भए पनी यो मित्ज्यु
जुनी जुनी तिम्रो सिउँदो आफैले भर्न पाउँ।।
-ह्वामा-२ हाङबाङ, रोल्पा
हाल: दोहा, कतार


.png)