तिमीले गेाठालेा बनायैा मलाइ....
(१)
(२)
(३)
यौवनको खानीमा, लुट्नु लुट्यौ मलाई
मायाँको हाँडीमा, भुट्नु भुट्यैा मलाई।
राजमती र कलावती, तिमी मेरी परीप्रेमको असिना बर्षाले चुट्नु चुट्यैा मलाइ
(२)
हराभरा बगैचाको, माली बनायौ मलाई
उर्बर भुमी खेतमा, हली बनायौ मलाई।
बैशालु र नशालु रै'छ बलियो तिम्रो हतियार
जिबनको गोरेटोमा, फाली बनायौ मलाई।
पिरतीको कामना, ओदानो बनायौ मलाई
मनको आसनमा, उदाङ्गो बनायौ मलाई।
समाएर कठालो मेरो, हिद्छ्यौ अघी पछी गर्दै
जिबनको वफादारी, गोठालो बनायौ मलाई।।
रुपलाल बिश्वकर्मा 'रुप अनुरागी'
-दमौली, तनहुँ, हाल: दुबई
(नोट: माथि लेखिएको मुक्तक, मुक्ताकार रुपाल विश्वकर्माको हो।
कम्प्युटरमा फोटो अपलोड समस्याका कारण रचना संगै फोटो
कम्प्युटरमा फोटो अपलोड समस्याका कारण रचना संगै फोटो
राख्न नसकेको सबैलाई जानकारी गराइन्छ। रुपलाल बिश्वकर्मा
नाम 'अनलाइन साहित्यिक ब्लग'मा परिचीत नाम हो। उहाँ नियमित
पाठक श्रष्टा पनी हुनुहुन्छ। त्यसैले, उहाँलाइ उहाँको नाम रुपलाल
बिश्वकर्मा अथवा साहित्यिक नाम 'रुप अनुरागी' को मुक्तक भनेर
चिन्नु होला। -नबराज बुढा 'नबिन उदासी'
धन्याबाद !!
बिश्वकर्मा अथवा साहित्यिक नाम 'रुप अनुरागी' को मुक्तक भनेर
चिन्नु होला। -नबराज बुढा 'नबिन उदासी'
धन्याबाद !!


.png)