लाग्छ उ कसैको,जालमा पर्यो,
उमेरमै बिचरा,अकालमा पर्यो!
एकताका ज्ञाने,रिसाएको थियो,
हुनसक्छ उ,त्यही सालमा पर्यो!
मर्ने मरेर गयो,स्वर्गबास होस,
बाँच्नेहरु आँसुको,तालमा पर्यो!
बिधुवा र टुहुराको,के कुरा अझ,
सोझा बन्दुकको,नालमा पर्यो!
सुबेन बम्जन
हाल-यु,ए, इ

.png)