आँखाबाट झरीपर्दा ओढ्ने छाता नसम्झाउ
आँखाबाट झरीपर्दा ओढ्ने छाता नसम्झाउ
चोटमाथि नुन हाल्दै हाम्रो नाता नसम्झाउ
धनसँगै फुल्दैन नि मायाको फूल थाहै होला
छैन प्रेम बिकाउमा बैंक खाता नसम्झाउ
सम्बन्धको किताबमा सुख,शान्ति छैन कतै
बाहिरी त्यो रंगिचंगी दह्रो गाता नसम्झाउ
हाँसो खुशी बन्दी हुन्छ माया मर्छ त्यहीभित्र
महल भन्ने पत्थरको बन्द हाता नसम्झाउ
'घायल' भो भाग्य मेरो त्यसैले म दासी भा'छु
यस्तो बेला भाव शुन्य त्यो बिधाता नसम्झाउ
दलबीर सिंह बराइली 'घायल'
गुप्तेश्वर-३,रामेछाप
हाल:अबुधाबी,युएई
चोटमाथि नुन हाल्दै हाम्रो नाता नसम्झाउ
धनसँगै फुल्दैन नि मायाको फूल थाहै होला
छैन प्रेम बिकाउमा बैंक खाता नसम्झाउ
सम्बन्धको किताबमा सुख,शान्ति छैन कतै
बाहिरी त्यो रंगिचंगी दह्रो गाता नसम्झाउ
हाँसो खुशी बन्दी हुन्छ माया मर्छ त्यहीभित्र
महल भन्ने पत्थरको बन्द हाता नसम्झाउ
'घायल' भो भाग्य मेरो त्यसैले म दासी भा'छु
यस्तो बेला भाव शुन्य त्यो बिधाता नसम्झाउ
दलबीर सिंह बराइली 'घायल'
गुप्तेश्वर-३,रामेछाप
हाल:अबुधाबी,युएई

.png)