गज़ल
असार लाग्यो हलो बोकी बेशि तिर झर्न पाए
आधीँखोला हात समाई उनीसंगै तर्न पाए
सिम्सिम् पानि ओरालीमा हुन्थिन् होला उनि संगै
जानाजान चिप्लिएर त्यो काखमा पर्न पाए
एकै छिनमा पुग्थेँउ खेतमा रोप्न थाल्थिन् छुपुछुपु
हिलो छ्याप्दै लुसुलुसु उनकै छेउ सर्न पाए
हाम्रो कुरा गर्थे पक्कै खेतालाले हाकाहाकी
भित्र भित्रै मक्ख परि लजाए झै गर्न पाए
दिनै भरि काम गर्थेउ समिपमै रमाएर
हेर्दै हेर्दै आपसमा सारा खुसि भर्न पाए
पक्कै साँझ पर्थ्यो होला उकालीमा उक्लिदा त
अर्को साल फल्नेगारी यौटा बिउँ छर्न पाए
घर पुगी सपनिमा उनकै याद आउथ्योँ होला
सोच्थेँ उनि संगै बाची संग संगै मर्न पाए
स्याङ्जाली रमेश
मरुभुमीको छाती बाट

------------------------------ ------------------
स्थाई घर -अर्जुन चौपारी ४
स्याङ्जाली रमेश
हाल -मरुभुमीको छाती बाट.....
स्थाई घर -अर्जुन चौपारी ४
स्याङ्जाली रमेश
हाल -मरुभुमीको छाती बाट.....

.png)