तेज 'विवश' जीका केस्राहरु


      "आग्रह"

धेरै भो कुर्सिको खेल
तेज 'विवश' राई    
- धनकुटा
आ-आफैमा ठेला ठेल

संविधान बनाउन
हुनु पर्छ अब मेल

छोडीदेऊ यस्तो खेल
नगर भो जाल झेल।
         -२३-०२-०१२

   “आस्वासन”
 
राख्दिन म तिम्रो पेट भोको
बनिदिन्छु है बलिको बोको
 
मान्दिन लाज गरेर खान
बोकेर पनि हँसिया डोको
 
कसेर पेट म बस्छु भोको
सुखले राख्ने मेरो छ धोको।
             -१०-०२-०१२


    "साहास"
मेरो साथ छोडे
नँया नाता जोडे

बाँच्न सक्छु म त
यात्रा अन्तै मोडे

एक्लै याहाँ छोडे
बाचा हाम्रो तोडे।
     -०७-०२-२०१२

       ''बिन्ती''
चोखो यो माया मारेर
बसाइँ टाढा सारेर

नजाऊ तिमी ए प्रिया
मलाई एक्लो पारेर

चट्टकै माया मारेर
मनको बार बारेर ।
                 -१३-०१-२०१२