गजल
बालुवामा सुन खोज्दा, दिन त्यसै ढल्यो मेरो
पराईको नून्-पानीले, शरिर् पनि गल्यो मेरो ।
मिठो आष्मा दिन बिते, निराशामा रातहरु
मायालुको तड्पाईले, चोख्यो आत्मा जल्यो मेरो ।
धेरै दोष आफ्नै होला, थोरै मात्र ईच्चा-शक्ति
विदेशको कमाईले नै, चिसो चुल्यो बल्यो मेरो ।
समयको खेल भनुँ, नजानिंदो भेल भनुँ
स्वदेशको हावा-पानी, कोल्टे फेर्दै छल्यो मेरो ।
रुपलाल बिश्वकर्मा
साहित्यिक नाम
रुप अनुरागी
दमौली , तनहुँ
हाल : दुबई ( युएई )
हाल : दुबई ( युएई )

.png)