गजल
| सुरेश वाग्ले |
कहिल्यै नरित्तिने असीम प्यार छ तिम्रो आँखामा।
बेखबर छ देश अचेल म पनि त उदासउदास छु,
पढिरहेछु खुशीको समाचार छ तिम्रो आँखामा l
दुनियाँबाट उपेक्षित छु थाहा छैन कता जाने,
अलि फरक आत्मीय सत्कार छ तिम्रो आँखामा।
मूल्यसँग माया साट्ने भीडभन्दा फरक छु,
माया नै मायाको अमूल्य उपहार छ तिम्रो आँखामा।
तिमीले देख्ने हर सपनीमा मेरै तस्विर आउनु पर्छ,
यस्तो लाग्छ मेरो मात्रै अधिकार छ तिम्रो आँखामा।।

.png)