गजल
श्रीजन श्री
|
आँशु छर्की मन्को आगो, निभाउँदैछु अचेल
जिन्दगीको नदी उभोँ, बगाउँदैछु अचेल।
नलेख्नू है चिठ्ठिपत्र ,भनेकोथेँ,तिम्लाई
मन्का व्यथा लेखि आँफै, पठाउँदैछु अचेल।
काडा सँग तर्की हिड्थेँ,फूल सँग झर्की
दुबै सँग प्रेमको हात ,बढाउँदैछु अचेल।
हटाएथेँ जस्को तस्वीर ,छातिबाट मैले
उसैलाई हृदयमा ,सजाउँदैछु अचेल।।
आँशु छर्की मन्को आगो, निभाउँदैछु अचेल
जिन्दगीको नदी उभोँ, बगाउँदैछु अचेल।
जिन्दगीको नदी उभोँ, बगाउँदैछु अचेल।
नलेख्नू है चिठ्ठिपत्र ,भनेकोथेँ,तिम्लाई
मन्का व्यथा लेखि आँफै, पठाउँदैछु अचेल।
काडा सँग तर्की हिड्थेँ,फूल सँग झर्की
दुबै सँग प्रेमको हात ,बढाउँदैछु अचेल।
हटाएथेँ जस्को तस्वीर ,छातिबाट मैले
उसैलाई हृदयमा ,सजाउँदैछु अचेल।।
आँशु छर्की मन्को आगो, निभाउँदैछु अचेल
जिन्दगीको नदी उभोँ, बगाउँदैछु अचेल।
-अनाममण्डली, मलेशिया

.png)