गजल
क्रिश मगर
सोँसिएको पाटो छिन्न जुट देशभक्तहरू ।
वीरताको कफन ओढ्ने तिनै शहिदहरूलाई,
झोँसिएको खाटो चिन्न जुट देशभक्तहरू ।
भोको पेटको चित्कार सुनिदैँन फेरि-फेरी,
ओस्सिएको आँटो चिन्न जुट देशभक्तहरू ।
एकता बहुमुखी स्वाभिमानको जल्दोबल्दो,
जोस्सिएको बाटो हिन्न जुट देशभक्तहरू ।
खोसिएको माटो छिन्न जुट देशभक्तहरू,
सोँसिएको पाटो छिन्न जुट देशभक्तहरू ।
खोसिएको माटो छिन्न जुट देशभक्तहरू,
सोँसिएको पाटो छिन्न जुट देशभक्तहरू ।

.png)