गजल
-नव राज घिमिरे
यादको अनुहारले, पागल छु म सधैं झैं
घृणाको मिठो मारले, पागल छु म सधैं झै
भुल भन्छौ मलाई, भुल्न सक्दिन भन्दैछौ
तिम्रो यस्तै बिचारले, पागल छु म सधैं झै
भो माया माया चाँहीन्न, अब सक्दिन सम्हाल्न
आफ्नै शरिरको भारले, पागल छु म सधैं झै
रहरको वालात्कारी, बिगत अनि तिमी हौ
नमार्ने त्यो हतियारले, पागल छु म सधैं झै
चिटिक्कपरि जब म, हिंडिदिदा एकदिन
ठीक भो भने संसारले, पागल छु म सधैं झै।।
यादको अनुहारले, पागल छु म सधैं झैं
घृणाको मिठो मारले, पागल छु म सधैं झै
भुल भन्छौ मलाई, भुल्न सक्दिन भन्दैछौ
तिम्रो यस्तै बिचारले, पागल छु म सधैं झै
भो माया माया चाँहीन्न, अब सक्दिन सम्हाल्न
आफ्नै शरिरको भारले, पागल छु म सधैं झै
रहरको वालात्कारी, बिगत अनि तिमी हौ
नमार्ने त्यो हतियारले, पागल छु म सधैं झै
चिटिक्कपरि जब म, हिंडिदिदा एकदिन
ठीक भो भने संसारले, पागल छु म सधैं झै।।

.png)