गजल
-रुबेन पुन मगर
कहाँ पो छ माया र साचौ यहाँ लौ ।
छ कस्को भरोसा र बाचौ यहाँ लौ ।
छु आँफै अभागी र कर्मै छ खोटी
रुँदा मन् कसोरी म हासौ यहाँ लौ ।
भुलेरै नसक्ने छ पीडा मनैमा
कसोरी रमाऊ र नाचौ यहाँ लौ ।
चटक्कै टुटेको छ दिल् को सितारा
छ को नै दिने धुन् र गासौ यहाँ लौ ।
कथा नै कथाको छ जीवन् कहानी
पढेरै म च्यातौ कि टाँसौ यहाँ लौ।।
(बहरे मुतकारीब मुसम्मन सालीम )
१२२ १२२ १२२ १२२
यो गजल रुबेन पुन मगरको हो। रेडियो जलजला डट ओ आर जि एफ.एममा गजल 'सयपत्री' कार्यक्रम अन्तर गत यो साता बाचन भएको गजलहरु मध्य साताको उत्कृष्ट गजल घोषित उहाँको गजल।

.png)