गजल
बाध्यताको भुमरीले बेचिएको मान्छे म त
मरभूमिको तातो घाम्ले सेकिएको मान्छे म त ।
मरभूमिको तातो घाम्ले सेकिएको मान्छे म त ।
आदर्श र ढोंग्वादीको बिरोधी नै परें म त
विभेद्कारी समाजमा हेपिएको मान्छे म त ।
भौंतारिदै हिंड्दा-डुल्दा गल्लासित साइत जुर्यो
वादैवाद्को चुलेसीले रेटिएको मान्छे म त ।
कर्ममा बिश्वास गर्ने बानी मेरो बसेको छ
बाङ्गो-टिङ्गो भाग्यरेखा मेटिएको मान्छे म त ।
-रुपलाल बिश्वकर्मा
साहित्यिक नाम
रुप अनुरागी
दमौली , तनहुँ
हाल : दुबई ( युएई )
.png)