गजल
![]() |
के दशैं भन्नु लौन ऋणमा गलेर गयो नि
निभेको बत्ति पीडाको फेरी बालेर गयो नि।
हाँसे'नि सबै म भने झनै दुख्दैछु हजुर
बर्सी नै घोच्ने मुटु मै, झिर हालेर गयो नि।
काँ'हुन्थो पुरा एैले त झनै, ढालेर गयो नि।
लाला र बल रुँदै छन् कठै दु:खी छ जहान
दैबले दुख दरिद्री माथि, फालेर गयो नि।
पोहोर पनि दुखेरै बित्यो परार पनि रोयर
यो साल हाँस्ने ती सारा इच्छा, पालेर गयो नि।
-भुमीको छातीबाट....


.png)