घायलको तरही मुसायरा-१७
| टेकेन्द्र अधिकारी |
अरबी, फारसी, उर्दु गजलमा लोकप्रिय 'तरही मुसायरा' एक शास्त्रिय परम्परा हो जसले शायरहरुमा इन्धन (शक्ती) भर्दछ । ठूला-ठुला मुसायराहरुमा तत्कालै कुनै पनि गजलको 'मिसरा-ए-सानी'दिएर गजल कथ्ने र त्यसरी कथेको गजल वाचन गरिन्छ अनी ति मध्यबाट उत्कृष्ट गजललाई पुरस्क्रित गरिन्छ । यस्तो मुसायराले गजलकारहरुले आफुलाई अरुसँग दाँज्ने र सिक्ने अवसर पनि पाउँदछन् ।
आज मैले बिराटनगरका टेकेन्द्र अधिकारी जीको यो मिसरा-ए-सानी 'थाहा छैन आफैँभित्र ब्वाँसा कति पालेको छु' लाइ 'घायलको तरही मुसायरा-१७' मा तरहको रुपमा दिएको छु ! साहित्यका बिबिध बिधामा सक्रियरुपमा कलम चलाउँदै आउनु भएका उहाँका गेडीहरु निक्कै स्वादिष्ट हुन्छन् अनि गज़लमा मिठास ! यहि मिसराको आधारमा एक पूर्ण गज़ल लेखि फेसबुक तथा ब्लगमा पोस्ट गर्नु हुन हार्दिक अनुरोध गर्दछु !
गजल: टेकेन्द्र अधिकारी
मिसरा: थाहा छैन आफैँभित्र ब्वाँसा कति पालेको छु
काफिया: पालेको
रदिफ: छु
लय: थाहा छैन /आफैँभित्र //ब्वाँसा कति /पालेको छु
लय - ४+४+४+४=१६
गजल पोस्ट गरिसक्नु पर्ने अन्तिम दिन बिहीवार ०७ जुलाई,२०११ रातको १२:०० बजे (युएई समय+४ अनुसार)
घायलको तरही मुसायराका सहभागीले पालना गर्नु पर्ने नियमहरु
(क) प्रत्येक सहभागीले दिईएको 'मिसरा-ए-सानी'कै आधारमा र त्यो मिसरालाई गजलमा समावेश गरी गजल लेख्नु पर्नेछ । अन्यथा मुसायरामा समावेश गराइने छैन ।
(ख) एक भन्दा बढी गजल पोस्ट गर्न पाइने छैन । गरेमा सबै अमान्य हुँनेछ ।
(ग) गजल तोकिएको अवधिभित्र नै फेसबुकमा वा ब्लगमा पोस्ट गर्नु पर्नेछ । म्याद सकेपछी आएको गजललाई छनौटमा सहभागी गराइने छैन ।
(घ) अगाडि अरुले पोस्ट गरेको गजलको हुबहु नक्कल गरेको गजल मान्य हुँनेछैन ।
(ङ) गजल अनिवार्य पाँच शेरको हुनुपर्ने छ ।
(छ) गजलको संरचनामा मिलेको हुनु पर्नेछ ।
(ज) गजलमा अस्लील वा सामाजिक सद्भावमा असर पुग्ने शब्द प्रयोग गर्न पाइने छैन .
(झ) आफ्नै संस्क्रिती,परम्परा,जीवनशैली,भेषभुषा आदी झल्काइएको/समेटिएको गजललाई प्राथमिकता दिईनेछ ।
(ञ) तरही मुसायरामा प्रकासित गजललाई अन्य ठाउँमा प्रकाशन वा प्रसारण गर्नु परेमा स्रोत ,सन्दर्भ वा मुख्य सर्जकको नाम उल्लेख गर्नु अनिवार्य छ ।
(ट) तल दिएको मिसरा-ए-सानी लाई गजलको मतलामा नभै अन्य कुनै शेरमा समावेश गर्नु पर्ने छ ।
(ठ) अब देखी 'घायलको तरही मुसायरा'फेसबुक र ब्लग दुवैमा संचालन हुँने भएकोले दुबैमा पोस्ट गरेको गजललाई मान्यता दिईनेछ ।
-लिट्रेचर अफ नेपाली बाट..

.png)