गजल
कहाँ ल्याई जिन्दगीले जोड्यो हामीलाई
![]() |
| भिम कुँवर 'रमेश गोठालो' |
एउतै मुटु दुइटा पारी फोड्यो हामीलाई ।
हाँस्द हाँस्दै लेख्दा लेक्दै दैब शुत्र भयो
भाग्यले'नि साथ दिन छोड्यो हामीलाई।
पछ्यौरीले आँशु पुछ्दै तिमी उता जाँदा
मुटु छाम्दै मलाई यता मोड्यो हामीलाई।
एउतै बज्र हान्दा पनि सय चोट लग्यो
सिसासरी दुबैको दिल तोड्यो हामीलाई।
कहाँ ल्याई जिन्दगीले जोड्यो हामीलाई
एउतै मुटु दुइटा पारी फोड्यो हामीलाई।।
- तप्पेस्वरी-८ उदयपुर
हाल: क्वालालुम्पुर, मलेशिया


.png)