गजल
यहाँ बस्न आयौ बसेरै बितायौ
![]() |
| दिप दर्शन |
कमाई मुनाफा हजारौँ बचायौ।
उकालो छ बाटो कठिण्ता सधैंको
जितेरै मलाई पछाडी बनायौ
लुट्यौ सबै जिन्दगीको सहारा
मलाई रुवाई मुलै आँशु पायौ
हँसायौ तिमीले सबै दुष्ट मेरा
र छाडी गयौ दुई दिन् रमायौ।
मुतकारिब बहर १२२x४=१२
-जाजरकोट
हाल: अध्यक्ष्य
उदाउँदो तारा साहित्य समाज
पेनाङ्ग, मलेशिया


.png)