जति साह्रो हान्छौ मुटु त्यत्ति नरम हुन्छ मेर
मुस्कुराउँछु जब त्यही चोट मलम हुन्छ मेरो।
मेरो भक्ति मेरो पूजा केवल तिम्रै बरिपरी
तिम्रो नाउँ सम्झी आफ्नो घरमा कदम हुन्छ मेरो।
अचानो झै बिनादोष छिया छिया बनाएसी
बल्ल 'हारेँ' भन्छौ जब ब्यर्थै सरम हुन्छ मेरो।
॰
सबै भन्छन् सँधै हाँस्छ्यौ के राज हो यो खुशीको
उजेलीमा आँशु थाम्ने कडा नियम हुन्छ मेरो।
॰
साथीहरू सित कुनै गुनासो र द्वेश छैन ।
साँच्चै भनूँ, आफ्नासित अपेक्षै कम हुन्छ मेरो ।