दुनियाँ दाँज्यैा रे ! दिपेन रोका
बैशको मात लगेर होला तिमी नाच्यौ रे
अर्कैलाइ दिन होला जोबन साँच्यौ रे।
मेरो पनि मनै हो माया तिमीलाई दिएँ
त्यो सम्झी आज दुनियाँ सङ्ग बाँच्यैा रे।
धनले गरिब भए'नि मायाँको गरिब थिएन
दुइ मुटुको गमलामा दुवै फुल रोपेका थियौं
पाप सम्झी गमलाका फुल सबै भाँच्यौ रे।
संगै बाँच्ने बाचा कसम मन्दिरमा खाएको
आज/भोलि झुत्तो भनि दुनियाँ दाँज्यैा रे।।
-दिपेन रोका
भिगिठे-६ बाग्लुङ

.png)