गजल
सम्झनालाई पोको, साँचेको धेरै भयो
तिम्रो यादमा कल्पी, बाँचेको धेरै भयो।
खुशी हुँदा एक अर्काको, मन सँगै हाम्रो मन
दिलको आँगनीमा छमछमी, नाँचेको धेरै भयो।
साँच्ची कती रमाइलो थियो त्यो अतित
हात समाई सँगै लजाउँदै, हाँसेको धेरै भयो।
फुल फुले पनी काँडा हुन्छ, भन्ने हल्ला सुन्दा
पलाएको त्यो पुष्प सँगै, काँडा भाँचेको धेरै भयो।
सपनीमा तिमीलाई, समाएर राख्छु अँगालोमा
बिपनीमा तिमीलाई मुटुभित्र, टाँसेको धेरै भयो।
जाऊँ भन्दा जुनेली रातमा, आनाकानी गर्यौ
आज मिर्मिरे उज्यालो भाले, बासेको धेरै भयो।
तिमी गाम बेशी हुँदा म लागे अरब खाडी तिर
अब छुट्छकी मायाँ हाम्रो, गाँसेको धेरै भयो।
सम्झनालाई पोको, साँचेको धेरै भयो
तिम्रो यादमा कल्पी, बाँचेको धेरै भयो।।
-नबराज बुढा 'नबिन उदासी'
रोल्पा, हाल: प्रबासी भूमिमा

.png)