»
“अहँ, बस्तै नबसौं, गइहालौं” उसले मुखै बिगारेर भन्यो ।
“अहँ, बस्तै नबसौं, गइहालौं” उसले मुखै बिगारेर भन्यो ।
- जगदीश घिमिरे
“अहँ, बस्तै नबसौं, गइहालौं” उसले मुखै बिगारेर भन्यो ।
“किन र ?”
“पैले जाउँ, अनि कुरा गरौंला” – उसले भन्यो । उसको आशय मैले बुझें । बुझेर
पनि पक्क परिरहें । उ मलाई वास्ता नगरेरै भ¥याङ्ग ओर्लन लाग्यो । “एक
छिनपछि आउँला है आमा” भनेर म साहूनीसंग अपराधी झैं बिदा हुँदै पछि लागें ।
सडकमा उभिएर उ एउटा लामो सास फोर्छ, भन्छ – “तिमीलाई मक्काएका दलिन भएको,
थतर्किने तला भएको घरको पाँचौ तलामा निर्धक्क बस्न डर लाग्दैन ?”
उसले अधिकार जनाउँदै सोधेको छ ।
के जवाफ दिउँ ? डर लाग्छ तर पनि डराएर साध्य छैन । लाग्दैन पनि । म भन्छु “काठमाडौंका आधिसरो घर यस्तै छन् ।”
“भए के भो त, तिमी र म डेरा गरी बस्ने मान्छेलाई ? हामी गतिलो घर भाडामा लिन्छौं” – उ भन्छ ।
“किन र, भूइँचालो, तिमी र म त्यस्तो घरमा पाचौं तल्लामा बसेको बेलामा आउँछ नै र ?” – उ सोध्छ ।
“आउँदैन भत्रे के छ ? नआओस्, तर हामी सतर्क हुनु पर्छ” – उ भन्छ ।
“सतर्क अँ, सतर्क, सगर खस्छ भनेर हुट्टिट्याउँले ठाडो खुट्टा लगाई बस्छ रे
सगर थाम्न । हो हामी हुट्टिट्याउँ जस्तै सतर्क हून सक्छौं, हैन त ?” – म
भन्छु । उ ठुस्किन्छ । हामी हिंडिरहन्छौं ।
धेरै वर्षपछि हामी
भेट भएका थियौं । धेरै वर्ष अघि हामी एउटै थालमा खाएर एउटै ओछ्यानमा सुतेर
वर्ष बिताएका साथी थियौं, झोला बोकेर कोसौं पैदल चहारेका थियौं । भोक–भोकै
या आधा–पेट चना–भूजा फुक्याँउँदै “जनताको सेवा” गरेका थियौं । हामी एउटै
पार्टीका कार्यकर्ता थियौं, र भन्दछन्, खुब सव्रिmय थियौं रे । पार्टीलाई
हामीहरूबाट ठूलो आशा थियो रे । तर अचेल सुकिलो लगाउने सिलसिलामा म
सिआइडीगिरी गर्न लागेको थिएँ तर उ मैलो नै लगाइ रहेको छ । तराईबाट भर्खर
आइपुगेका थियो ऊ । मलाई त्यहाँको भूमिगत गतिविधि जात्रु अत्यावश्यक थियो,
अत – मैले उसलाई एकान्त ठाउँमा रक्सी ख्वाउन लगेको थिएँ ।
तर ऊ ठेलैबाट फर्केर हिंड्यो ।
एउटा कार बेगले छेवैबाट गयो । यसले भन्यो – “काठमाडौंमा ज्यान ज्यान क्यै पनि छैन हगि ? कसरी हाँक्छन् यहाँका मान्छे ।”
“जहाँ पनि त्यस्तै हो, ज्यान जहाँ पनि सस्तो भएको छैन र ?” म सोध्छु ।
“छ, तर यहाँ दुर्घटना सस्ता छन् ।”
“छन् अब के लाग्छ ? आफू जोगिनु पर्छ” – भन्छु ।
“कसरी जोगिन्छौ तिमी ? बाटो हिंडिरहँदा कुन मोटर साइकलले कतिबेर धक्का
दिने हो, के थाहा पाएर सतर्क हुन्छौ ? पेटीबाट हिंड्दा पनि कुन मोटर
पेटीमै उक्लेर चेप्टयाउने हो, कसरी अन्दाज गर्न सक्छौ तिमी ? सतर्कता
भनेको गफ हो । त्यसो भनेर राम्ररी हेर्दै नहेरी बाटो काट भनेको होइन ? अँ,
सतर्क भएर गल्ली र छेडीहरूको बाटो पैल्याएर हिंड्न सकिन्छ । सवारीबाट
जोगिने उपाय त त्यो हो – तर त्यहाँ पनि पूरा सेफ छैन ... गल्ली र
गलछेंडाहरूबाट हिंडेर पनि मैले हेरिसकेको छु ... ती मक्काएका र भनौला
बाँसको लिङ्गो जस्ता बािङ्गएका धराप घरहरूको छेउबाट कसरी हिंड्नु ? के
ठेगान आफैमाथि पो खस्ने हुन् कि, ती जगैदेखि चिरिएर बसेका ओध्रा, धराप ।”
ऊ चुप लाग्यो, तर मलाई बोलाईछाड्न मन लाग्यो । कुरा उप्काइ मात्र दिएपछि ऊ
भाषण दिनेछ – मलाई विश्वास भयो । भाषण त अघि हामी गाउ–गाउँमा संगै दिएर
हिंड्थ्यौं, तर यस्ता खाले होइनन् । हाम्रा गुरुहरूको उपदेश अनुसार
“जनतामा चेतना भर्ने” जनतामा व्रmान्तिकारी उत्साह भर्ने कुराहरू
फलाक्थ्यौं–यस्ता फोबिया होइनन् । मलाई रमाइलै लागेकोले उकासें –
“बाइरोडमा कसरी आयौ ? पैदल कि ?”
“पैदल हिंडेर साद्दे छ यो जुगमा
पनि ? हेरन यी हामी पैदलै त हिंड्दै छौं, तर कुनै बेला पनि मर्न सक्छौं ।
... म मरिन्छ भनेर मोटर, रेल, जहाज नचढ्ने मान्छे होइन, तिमीलाई थाहै छ,
नचढेर सम्भव छैन ... यो बेग्लै कुरा हो कि म तीभित्र रहुञ्जेल कूनै पनि
क्षण दुर्घटनाग्रसित हुन सकिने बाध्यतालाई स्वीकार गरिरहेको हुन्छु ...
यात्रा टुङ्गिदा मुक्तिको अनूभव गर्छु ... मूक्ति ।”
उसले लामो सास फे¥यो । मैले ठूटो चुरोट उसतिर तेसर्याइदिएँ । म चाहन्थें, ऊ थकाइ मारोस् । म उसलाई दया गर्न लागिसकेको थिएँ ।
“चूरोट” ऊ भत्र थाल्छ, “चूरोट खान्छू, चूरोट खान्छू म, तर सैकडौं चोटि
छोडिसकें ... तैपनि छाड्न सकेको छैन ... चूरोटको गहिरो सर्को तान्दा म
आफ्नो फोक्सोमा क्यान्सर अनूभव गरिरहेको हुन्छु ... साँच्चै हरेक चीजमा
त्रास देखिरहेको छू ... ।”
दोबाटे भट्टीबाट निस्कँदा नै म पूरा
मातेको हुन्छु । मैले चाहेको थिएँ उसलाई मताउन र उसबाट कुरा सुत्र । तर अब
मलाई उसबाट कुरा धुत्न अथवा नधुत्न वास्ता भएन । धेरैपछि भेट भएको साथी
थियो, कतै माया पनि हुँदो रहेछ, पल्हाएछ ।
“अघि हामी रक्सी खात्रथ्यौं हगि ?” यसलाई हामी गरीबको रगत भन्थ्यौं । तर आज खान्छौं । रक्सी खाएर पनि म निश्चिन ??
शिर्षक :
कथा

.png)