गजल
| संकल्प चन्द ठकुरी (आँसु) |
कहर भो जिन्दगी जिउन यहाँ कसैलाई
अभाबमा झेल्लिदै मजबुरिमा बाँच्नु पर्ने
ठहर भो जिन्दगी जिउन यहाँ कसैलाई
नदी जस्तै फैलियर बग्ने रहर साँघुरिदा
नहर भो जिन्दगी जिउन यहाँ कसैलाई
बाध्यताले रोक्दा पाईला सधै एकै पहिलो
प्रहर भो जिन्दगी जिउन यहाँ कसैलाई
शहर भो जिन्दगी जिउन यहाँ कसैलाई
बाँके हाल (युएइ)

.png)