गजल-मन दुखाइ परदेशमा छु..
दशैं आयो गाउँघरमा, मन दुखाइ परदेशमा छु
हाँस्दै छन संगिनीहरु, शिर झुकाई परदेशमा छु।
आज म दशैंकेा बेला खुसी, लुकाइ परदेशमा छु।
भेटघाट हेालान आफन्त सबै लाउन टिका जमरा
अभागी म पराइ भो दसैं आँशु, सुकाइ परदेशमा छु।
खुसी होलान देबी देवता दसैं आएर गाउँघरमा
आउँदा दसैँ आज यहाँ आँशु, फुकाई परदेशमा छु।
फर्केर आउनु रमाइलो दसैं म आउँदा स्वदेशमा
खुसीको पोको पारेर मनलाई, बोकाई परदेशमा छु।।
-भिमगिठे -६ बाग्लुङ
हाल: मलेसिया
हाल: मलेसिया



.png)