-श्रीजन श्री
घाउमाथिका चुम्बनहरु गुलाव जस्तै लाग्छन्।
मलाइ मेरा दुश्मनहरु गुलाव जस्तै लाग्छन्।
काँढाले झै घोचेपनि बेलाबेला मलाई ,
तिम्रा तिखा नयनहरु गुलाव जस्तै लाग्छन्।
तिमी गयौ तिम्रो तस्वीर छातीभित्रै रह्यो,
यादहरु धड्कनहरु गुलाव जस्तै लाग्छन्।
गर्दनलाइ खुकुरी के लाग्ला कुन्नी तर,
खुकुरीलाई गर्दनहरु गुलाव जस्तै लाग्छन्।
क्षेत्रीले एकल रचना वाचन गर्ने
रोल्पा, ९ असोज २०७३ ।
कवि पुरण क्षेत्रीले रोल्पामा एकल रचना वाचन गर्ने भएको छन् । ललित साहित्य परिषद्को हालै बसको बैठकले यही कात्ति २७ गते लिबाङमा क्षेत्रीको एकल रचना वचन गर्ने निर्णय गरेको हो ।
लिबाङ निबासी कवि क्षेत्रीका ‘जलजलाको नूतन सन्देश’ र ‘देशले हाम्रो उत्साह खोजिरहेछ’ कविता संग्रह प्रकाशित छन् । गद्यकविता लेखनमा कलम चलाउँदैका आएका क्षेत्री परिषद्का सल्लाहकार समेत छन् । परिषद्ले २५ औं शृङ्खलासम्म मासिक रुपमा एकल रचना वाचन गर्दै आएको थियो । अहिले परिषद्ले द्वैमासिक रुपमा यो कार्यक्रम सञ्चालन गर्दै आएको छ । २७ गते हुने एकल रचना वाचन कार्यक्रम २७ औं शृंखला भएको परिषद्का अध्यक्ष लोक आलोकले जानकारी दिए ।
यसैबीच सोही बैठकले शब्दसारथि साहित्यिक त्रैमासिकको सम्पादकमा पुनः डी.बी. टुहुरोलाई चयन गरेको छ । ललितले जिल्ला प्रशासन कार्यालय रोल्पामा दर्ता गरी पत्रिका नियमित प्रकाशन गर्दै आएको छ । पत्रिकाको वर्ष २ अंक २ को तयारी भइरहेको परिषद्का महासचिव नवीन लोचनमगरले बताए ।
रोल्पा, ९ असोज २०७३ ।
कवि पुरण क्षेत्रीले रोल्पामा एकल रचना वाचन गर्ने भएको छन् । ललित साहित्य परिषद्को हालै बसको बैठकले यही कात्ति २७ गते लिबाङमा क्षेत्रीको एकल रचना वचन गर्ने निर्णय गरेको हो ।लिबाङ निबासी कवि क्षेत्रीका ‘जलजलाको नूतन सन्देश’ र ‘देशले हाम्रो उत्साह खोजिरहेछ’ कविता संग्रह प्रकाशित छन् । गद्यकविता लेखनमा कलम चलाउँदैका आएका क्षेत्री परिषद्का सल्लाहकार समेत छन् । परिषद्ले २५ औं शृङ्खलासम्म मासिक रुपमा एकल रचना वाचन गर्दै आएको थियो । अहिले परिषद्ले द्वैमासिक रुपमा यो कार्यक्रम सञ्चालन गर्दै आएको छ । २७ गते हुने एकल रचना वाचन कार्यक्रम २७ औं शृंखला भएको परिषद्का अध्यक्ष लोक आलोकले जानकारी दिए ।
यसैबीच सोही बैठकले शब्दसारथि साहित्यिक त्रैमासिकको सम्पादकमा पुनः डी.बी. टुहुरोलाई चयन गरेको छ । ललितले जिल्ला प्रशासन कार्यालय रोल्पामा दर्ता गरी पत्रिका नियमित प्रकाशन गर्दै आएको छ । पत्रिकाको वर्ष २ अंक २ को तयारी भइरहेको परिषद्का महासचिव नवीन लोचनमगरले बताए ।
– स्रष्टा चौतारी हवाइ पत्रिका प्रकाशन हुने
– जिल्ला स्तरीय साहित्य विशेष कार्यक्रम वैशाखमा
जिल्ला क्रियाशिल साहित्यिक संस्थाहरुको संयुक्त आयोजनामा शनिबार माडीचौरमा साहित्यिक वनभोज कार्यक्रम सम्पन्न भएको छ । राप्ती साहित्य परिषद् जिल्ला शाखा, ललित साहित्य परिषद्, जलजला साहित्य परिषद्, प्रगतिशील लेखक संघ जिल्ला शाखा, नेपाली लेखक संघ जिल्ला
वनभोज कार्यक्रममा आगामी नयाँ वर्षको अवसरमा जिल्ला स्तरीय साहित्यिक विशेष कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ । उक्त साहित्यिक विशेष कार्यक्रम सम्पन्न गर्नका लागि डी.बी. टुहुरोको संयोजकत्वमा मूल आयोजक समिति गठन गरेको छ । ओम पंक्षी सहसंयोजक रहनुभएको छ । यस्तै मूल आयोजक समितिका सदस्यहरु दीपेश पराइ विष्टलाई व्याच व्यानर संयोजक, गीता निर्दोषीलाई कार्यक्रम व्यवस्थापन संयोजक, कविता उपाध्यायलाई आवा
स÷भोजन व्यवस्थापन समिति, नवीन लोचन मगरलाई आर्थिक संयोजक, खेमराज गाउँललेलाई प्रकाशन संयोजक, देवी गुरुङलाई सांस्कृतिक
यसैबीच हरेक महिनाको १५ गते सञ्चालन हुने स्रष्टा चौतारीमा बाचन भएका रचनाहरुलाई प्रकाशन गर्ने निर्णय गरिएको छ । पत्रिको नाम स्रष्टा चौतारी हवाइ पत्रिका राखिएको छ । उक्त हवाइ पत्रिकाको प्रकाशन सोही महिना कार्यक्रम संयोजन गर्ने संस्थाले गर्ने निर्णय भएको छ । यस्तै जिल्लाबाट प्रकाशित पत्रिकाहरुले महिनाको एक पटक एउटा पृष्ठलाई साहित्य विशेष वनाउन अनुरोध गर्ने निर्णय गरिएको छ ।
राजनीतिक दललाई ध्यानार्षण:
यस्तै देशको अवस्थाप्रति साहित्यकाहरुले चिन्ता व्यक्त गरेका छन् । साहित्यकारहरुले देशलाई यथासिघ्र निकास दिन सबै राजनीतिक दललाई ध्यानाकर्षण गराएका छन् । सहमतीय सरकार गठन गर्न नसकी दलहरुले देशलाई अनिर्णयको बन्दी वनाएको ठहर गर्दै उनीहरुले यस्तो निर्णय गरेका हुन् ।
यसैबीच वनभोज कार्यक्रम सम्पन्न गर्न सहयोग गर्ने रम्जावेंशी युवा क्लव माडीचौर, सनस्टार युवा क्लव लिबाङ, सिर्जनशिल महिला सहकारी संस्था लिबाङ र गाडी नं. भे १ प १९१८का गोपाल सुनारलाई धन्यवाद दिने निर्णय गरिएको राप्ती साहित्य परिषद् जिल्ला शाखा रोल्पाका अध्यक्ष डी.बी. टुहुरोले जानकारी दिनुभयो ।
कार्यक्रममा ३३ जना साहित्यकारहरुको सहभागिता रहेको आयोजकले जानकारी दिएको छ ।









.png)