लिबाङमा वाचनालय सञ्चालनमा
माघ ८, रोल्पा । जिल्लामा रहेको जलजला साझा पुस्तकालयको पहलमा आइतबारबाट लिबाङमा ‘वाचनालय’ सञ्चालनमा आएको छ ।
वाचनालय प्रत्येक दिन विहान २ घण्टा र बेलुकी २ घण्टा खोलिने पुस्तकालयका अध्यक्ष किशोर आचार्यले जानकारी दिए । उनका अनुसार बिहान ७ देखि ९ बजेसम्म र बेलुकी ४ बजेदेखि ६ बजेसम्म खोलिने छ ।
लिबाङ टुडिखेलस्थित बाल संगठनको स्वामित्वमा रहेको तथा नयाँ गोरख गणले निर्माण गरेको भवनमा वाचनालय सञ्चालनमा आएको छ ।
– खेमराज गाउँले

.png)