न रगत भेटियो न अबिर भेटियो I
| महेन्द्र चन्द 'महासागर" |
मात्र एउटा धनुष र तिर भेटियो
सायद उसको धेरै मूल्य हुनुपर्छ
शिर नभयको एक शरीर भेटियो
प्रयोगशालामा कसैले यसो भन्यो
आशुका थोपाहरुमा पिर भेटियो
पाप पखाल्न भनेर बनाईएको
पापिहरुको बस्तीमा मन्दिर भेटियो
ज्योतिषले लास हेरेर यसो भन्यो
धेरै बर्ष बाँच्ने यसको तक्दिर भेटियो
महेन्द्र चन्द 'महासागर"
सुर्खेत

.png)