गजल
संसार मलाई काम लागेन
मलामीको पनि लाम लागेन
...
मेरो अर्थि उठ्दाको पल
सडक गल्लीमा जाम लागेन
मन रोयो तन रोयो आफन्तको
बादल बर्षियो घाम लागेन
सुनेको छु पुर्नजन्म हुन्छ अरे
फर्केर दुनियाँमा आम लागेन
झरेनन् जसका दुईथोपा आँसु
उसलाई फेरी पाम लागेन
खगेन्द्र अधिकारि"अमृत"
साउदी अरब

.png)