गजल
कृष्ण के श्रेष्ठ
बन्द अनि हड्ताल तनाव जताततै
निस्वार्थी नेपालीको अभाव जताततै
सबै व्यस्त भएसी नेता बन्ने धुनमा
कुनै ठाउँ छैन् बाँकि चुनाव जताततै।
नछोडेनी नहुने छोडे नि गाली खाने
कुरा कस्को मान्ने हो दवाव जताततै।
भोग्नुपर्छ सजाय बिना अर्थ हामीले
यौटाको कारणले प्रभाव जताततै
न त हुन्छ सम्झौता न बन्छ संबिधान
कुरै कुरामा मन मुटाव जताततै ।
जुनै जोगी आएनी उही कानै चिरेका
सक्लो पो को नै यहाँरु खराव जताततै।
म त आफै देख्दिन असल् म आफैलाई
तँ असल् काम गर सुझाव जताततै।।
बन्द अनि हड्ताल तनाव जताततै
निस्वार्थी नेपालीको अभाव जताततै
सबै व्यस्त भएसी नेता बन्ने धुनमा
कुनै ठाउँ छैन् बाँकि चुनाव जताततै।
नछोडेनी नहुने छोडे नि गाली खाने
कुरा कस्को मान्ने हो दवाव जताततै।
भोग्नुपर्छ सजाय बिना अर्थ हामीले
यौटाको कारणले प्रभाव जताततै
न त हुन्छ सम्झौता न बन्छ संबिधान
कुरै कुरामा मन मुटाव जताततै ।
जुनै जोगी आएनी उही कानै चिरेका
सक्लो पो को नै यहाँरु खराव जताततै।
म त आफै देख्दिन असल् म आफैलाई
तँ असल् काम गर सुझाव जताततै।।

.png)