मुक्तक- जिन्दगीकेा गेारटेामा..........
(१)
हजारौंमा एउटा जस्तै, झल्किएर आयौ तिमी
ज्वालामुखी आगोझैं, सल्किएर आयौ तिमी।
हेर्ने त्यहाँ धेरै थिएँ तिम्रो मेरो जवानीलाई
![]() |
| योगेन्द्र 'बिबस' मगर |
एक नजर मैले हेरें, लल्कीएर आयौ तिमी।।
(२)
तिमी जस्ती देखे सबैले आहा ! गर्छन यहाँ
हाम्रो जस्तै मायाँ पाउँन, चाहा गर्छन यहाँ।
किन-किन मलाई लडाई गर्न मन लाग्छ अचेल
हाम्रो चोखो मायाँ देखें सबैले, दाहा गर्छन यहाँ।।
(३)
तड्पीएर अन्जुलीलाइ, धुनु भन्दा त
हाँसी हाँसी ज्युँछु सधैँ, रुनु भन्दा त।
आफ्नै बनपाखा आफ्नै राम्रो गाउँ राम्रो
परदेशमा साउको पाउ, छुनु भन्दा त।।
(४)
परदेश के हो आएर, थाहा पाएँ २१ बर्ष हुँदा
धोको के हो खाएर, थाहाँ पाएँ २१ बर्ष हुँदा।
सुनेको थिएँ परदेशमा धेरै रमाइलो हुन्छ रे
दु:ख के हो खाएर, थाहाँ पाएँ २१ बर्ष हुँदा।।
-परिबर्तन नगर- २ रोल्पा, नेपाल
हाल: कतार


.png)